खेलकुद

राखेपको सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त


काठमाडौँ – सरकारले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले नेपाल रग्बी संघका अध्यक्ष समेत रहेका घिसिङलाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेको हो । नेकपा माओवादी केन्द्रका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका रामेछापका घिसिङ व्यवसायी समेत हुन् ।

तत्कालीन नेकपा सरकारले नियुक्त गरेका रमेश सिलवाललाई हटाएर सरकारले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको हो । सिलवाल आफूलाई गैरकानूनी रुपमा हटाइएको भन्दै अदालत जाने तयारीमा छन् ।