राजनीति

नेपाल प्राकृतिक प्रकोप – भुकम्प, बाढी पहिरोको जोखिममा छ : रामकुमारी झाँक्री


काठमाडौँ – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बस्ने घर तथा सहर सुरक्षित र बस्नलायक हुनुपर्ने बताउनु भएको छ । सोमबार पुल्चोक इन्जिनियरिङ क्याम्पसले आयोजना गरेको रेट्रोफिटिङ परिक्षण कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले नेपाल प्राकृतिक प्रकोप भुकम्प, बाढी पहिरो जस्ता समस्याले जोखिममा रहेको बताउनुभयो ।

उहाँले अहिले पनि नेपालको जनसख्याको ठूलो हिंसा भुकम्प जस्ता प्राकृतिक प्रकोपको जोखिम स्थानमा बसोबास गरिरहेको बताउनु भयो । शिक्षालयहरुले जोखिम न्यूनीकरण गराउने जागरण ल्याउने गरि काम गर्न सके प्राकृतिक विपत्तिबाट हुने क्षतीलाई कम गर्न सकिने उहाँले बताउनुभयो ।

मन्त्री झाँर्कीले जनतालाई उचित बासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताउनुभएको छ ।