राजनीति

सर्वोच्चमा मंसिर १५ देखि गोला प्रथाबाट पेसी तोक्ने सम्बन्धी व्यवस्था राजपत्रमा प्रकाशित


काठमाडौँ – सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि मुद्दाको पेसी गोला प्रथाबाट हुने सम्बन्धी व्यवस्था राजपत्रमा प्रकाशित भएको छ । सर्वोच्च अदालतले गरेको नियमावली संशोधन सम्बन्धी उक्त व्यवस्था सोमबार राजपत्रमा प्रकाशित गरिएको हो ।

यसअघि सर्वोच्च अदालतमा मुद्धाको पेसी तोक्ने अधिकार प्रधान न्यायाधिशबाट खोसेर गोल प्रथाबाट हुने व्यवस्थासहित नियमावली संसोधन भएको थियो । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको उपस्थितीबिनै न्यायाधिशहरुको बैठकले उक्त निर्णय गरेको थियो । जबराले पनि त्यस्तो व्यवस्थामा सहमती जनाउँदै मंसिर १५ गतेदेखि लागु हुने निर्णय गरेका थिए ।

नेपाल बार एसोसिएसनले भने प्रधानन्यायाधिश जबराको राजिनामा माग्दै आन्दोलन गर्दै आइरहेको छ ।