राजनीति

कांग्रेस बर्दिया जिल्ला समितिको निर्वाचनमा सुरक्षा व्यवस्था कडा


काठमाडौँ – कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार बर्दियामा जिल्ला कार्यसमितिको निर्वाचनलाई मध्यनजर राख्दै सुरक्षाको व्यवस्था कडा पारिएको छ । नेपाली कांग्रेस बर्दिया जिल्ला कार्यसमितिको मतदानस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

पार्टीको निर्वाचनमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको एक प्रहरी अधिकारीले जानकारी दिए । गुलरिया नगरपालिकाको मैदानको भवनभित्र मतदानस्थल राखिएको छ । जिल्लाभरका १ हजार ६ सय २२ जना मतदाता रहेको कांग्रेसले जनाएको छ । सभापति, उपसभापति, सचिव, उपसचिवलगायत केन्द्रीय, क्षेत्रीय प्रतिनिधि सदस्य पदका लागि ९३ जनाले ४५ पदका लागि प्रतिस्पर्धा गरिरहेको निर्वाचन समितिले जनाएको छ ।

सभापतिमा संस्थापन पक्षका अरुणसिंह राठौर र पौडेल पक्षका भुवनेश्वर चौधरीले उम्मेदवारी दिएका छन् ।