राजनीति

राप्रपाको आगामी अधिवेशनमा पशुपति शमशेर अध्यक्षमा नउठ्ने


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशमशेर जबराले आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी नदिने भएका छन् ।

आफू निकट नेताहरुसँग त्यसबारेमा छलफल गरे पनि औपचारिक रुपमा उम्मेदवारी नदिने घोषणा गर्न भने बाँकी छ । आगामी मंसिर १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा राप्रपाको राष्ट्रिय अधिवेशन हुँदैछ ।

त्यस्तै आगामी महाधिवेशनमा कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरिसकेका छन् भने वर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि आफूले पनि उम्मेदवारी दिने बताएका छन् ।