बिजनेस

नेप्समा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो


काठमाडौँ – साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से २१ दशमलव ४८ अंकले घटेर २ हजार ६३० दशमलव ०१ विन्दुमा झरेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि घटेको छ । सेन्सिटिभ इन्डेक्स ५ दशमलव ९२ अंकले घटेर ४ सय ९५ दशमलव ५३ अंकमा बन्द भएको छ ।

आज बजारमा ८२ लाख २५ हजार ८२२ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ १९ पैसाको कारोबार भएको छ । यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा घटेको हो । आज नेप्सेमा २२८ कम्पनीको सेयर कारोबारमा आएकोमा ६० कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको सेयर मूल्य घटेको छ ।

त्यस्तै आज १३ वटामध्ये ११ वटा उपसमूह घटेका छन् ।