राजनीति

एमाले महाधिवेशन : उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक (सूचीसहित)


काठमाडौँ – नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्वमा उम्मेदवारी दर्ता गराएकाको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ता सकिएको झन्डै ४ घन्टापछि महाधिवेशन स्थलमा पहिलो चरणको उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।

निर्वाचन आयोगले केन्द्रीय कमिटी, अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन प्रयोजनका लागि संशोधित कार्यतालिकासमेत प्रकाशित गरेको छ ।