राजनीति

पदाधिकारी नपाएपछि कार्यकारी पदमा नबस्ने घोषणा गर्दै काठमार्डौ फर्किए लालबाबु पण्डित


काठमाडौँ – नेकपा एमालेका नेता लालबाबु पण्डितले केन्द्रीय कमिटीमा नबस्ने घोषणा गर्नुभएको छ । उहाँले आफू केन्द्रीय सदस्य र कार्यकारी पदमा नबस्ने घोषणा गर्नुभएको हो । अध्यक्ष ओलीले पण्डितलाई केन्द्रीय सदस्यमा समेटे पनि सो पदमा नबस्ने उहाँले सामाजिक सञ्जालमार्फत घोषणा गर्नुभएको छ ।

त्यस्तै नेता पण्डित चितवनमा जारी महाधिवेशनस्थल छोडेर काठमाडौँ आइपुग्नुभएको छ । पदाधिकारीका आकांक्षी पण्डितलाई अध्यक्ष केपी ओलीले पदाधिकारी सूचीमा नअटाएपछि केन्द्रीय सदस्य नबन्ने घोषणा गर्दै काठमाडौँ फर्कनुभएको हो ।

पण्डितका अनुसार निर्वाचन समितिले उम्मेदवार दिने अवसर दिए पनि कुनै पनि कार्यकारी पदमा उम्मेदवार रहन भने अनिच्छुक भएकाले काठमाडौँ फर्किनुभएको हो ।