राजनीति

राप्रपा अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा, भविष्यमा पार्टी फुट्न नदिने संकल्प


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा थापाले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले उम्मेदवारी घोषणा गर्दै भविष्यमा राप्रपालाई विभाजन हुन नदिने संकल्प व्यक्त गर्नुभयो ।

पार्टीका वयोवृद्ध नेता लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापालगायतको आफूलाई आशीर्वाद रहेको थापाले बताउनुभयो । केही दिनअघि राजेन्द्र लिङ्देनले अध्यक्ष लड्ने घोषणा गर्नुभएको थियो । मंसिर १५ देखि १९ गतेसम्म राप्रपाको महाधिवेशन हुँदैछ ।