राजनीति

वरिष्ठ उपाध्यक्ष र महासचिवसहित पाँच पदाधिकारी निर्विरोध,अध्यक्षका लागि ओली र रावल मैदानमा


काठमाडौँ – नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलसहित पाँच जना पदाधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ ।

तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध हुनुभएको छ ।

मनोनयनको म्याद सकिँदासम्म वरिष्ठ उपाध्यक्ष र महासचिवमा तथा उपमहासचिवमा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेको हो ।