राजनीति

राप्रपाको अध्यक्षमा कमल थापाको दावी


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनका लागि अहिलेसम्म दुई जना अध्यक्ष पदको प्रत्यासी देखिएको छ । पार्टीका वर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष पदमा उम्मेदवारी दिनने भएपछि दुईजना उठ्ने निश्चित भएको हो ।

थापाले आज राष्ट्रिय सभागृहमा एक कार्यक्रम मार्फत अध्यक्ष पदमा उठ्ने घोषणा गर्न लागेका हुन् । सो कार्यक्रममा आफू फेरि किन राप्रपाको अध्यक्ष उठ्न लागेको भन्नेबारे विस्तृत जानकारी दिने छन् । यसअघि सोही पार्टीको नेता राजेन्द्र लिङदेनले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

राप्रपाले यही मंसिर १५ देखि १७ सम्म काठमाडौंमा महाधिवेशन गर्दैछ । हाल राप्रपामा थापासहित पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्ष छन् ।