राजनीति

रावलले गरे अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता


काठमाडौँ – नेकपा एमालेको अध्यक्ष पदका लागि भीम रावलले उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन प्रकिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

सोमबार बिहान ८ बजेबाट सुरु भएको मनोनयमा रावलले पार्टीको आगामी नेतृत्वका लागि आफूले उम्मदेवारी दर्ता गराएको जानकारी दिनुभयो । रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट रहेका छन् । रावलनिकट नेताहरुका अनुसार रावलसहित सबै पदमा यो समूहबाट उम्मेदवारी दिइने छ ।