देश

एमालेको अधिववेशन ओली शेसन : गगन थापा


काठमाडौँ – नेपाली काँग्रेसका नेता गगनकुमार थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभइ ओली शेसन चलिरहेको बताउनु भएको छ । नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उहाँले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभइ ओली शेसन चलिरहेको बताउनु भएको हो ।

नेता थापाले नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको बताउँदै प्रतिष्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको बताउनु भयो । उहाँले नेकपा एमालेमा अब जनवाद सकिएको र केपी शर्मा ओलीको डनवाद शुरु भएको आरोप लगाउनु भयो । उहाँले चितवन महाधिवेशनपछि नेतृत्वमा आएको नेकपा एमालेलाई काँग्रेसले तह लगाउने बताउनु भयो ।