देश

कांग्रेसको आन्तरिक लोकतन्त्रमा गम्भिर खतरा :रामचन्द्र पौडेल


काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रमा गम्भिर खतरा रहेको बताउनुभएको छ । काठमाडौंमा आफुद्वारा लिखित हाते पुस्तक ‘कांग्रेसको अबको बाटो’ सार्वजनिक गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस भित्रको आन्तरिक लोकतन्त्रमा गम्भिर खतरा रहेको औँल्याउनुभएको हो ।

कांग्रेस संस्थापन पक्षले निर्वाचनको क्रममा सत्ताको प्रयोग गर्दै आफु अनुकुल गरिरहेको भन्दै उहाँले आन्तरिक लोकतन्त्रको लागि खतरा महशुस गरेको बताउनुभयो । वरिष्ठ नेता पौडेलले राजनीतिक दलहरुलाई लोकतान्त्रिकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । महाधिवेशनमा सहमतिमै आफू पक्षले सभापतिको उम्मेद्वार तय गर्ने पौडेललको भनाइ छ ।