राजनीति

निर्वाचन आयोगद्वारा राष्ट्रियसभा सदस्यको निर्वाचन कार्य तालिका स्वीकृत


काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन कार्य तालिका स्वीकृत गरेको छ । आयोगको निर्वाचन तयारी गर्न आन्तरिक प्रयोजनका लागि कार्य तालिका स्वीकृत गरेको प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो ।

सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ १७ गतेका लागि घोषणा गरिसकेको छ । निर्वाचनलाई अघि बढाउने सन्दर्भमा आयोगले आवश्यक निर्देशिका र कार्यविधिको कामसमेत अघि बढाएको छ । केही समयपछि आयोगले निर्वाचन कार्यक्रमसमेत प्रकाशित गर्नेछ ।

५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाई सदस्यको कार्यकाल आगामी फागुन २० गते समाप्त हुँदैछ ।