काठमाडौँ – नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समिक्षापछिको पहिलो दिनको कारोबारमा शेयर बजार मापक नेप्से परिसूचकमा भारी अंकले गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ८०.२९ अंकले घटेर २ हजार ६५१.४९ अंकमा झरेको छ । शेयर लगानीकर्ताले राष्ट्र बैंकले मौद्रिक नीतिले व्यवस्था गरेको ४÷१२ करोडको नीति मौद्रिक नीतिको समिक्षमा संशोधन हुने अपेक्षा गरेका थिए ।
तर, मौद्रिक नीतिको समिक्षामा ४÷१२ करोडको सीमा संशोधन नभएपछि शेयर बजारमा भारी गिरावट देखिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर धितो कर्जा ४ करोड देखि १२ करोडसम्म मात्र लिन पाउने व्यवस्था गरेको थियो ।
आइतबार कारोबारमा आएका २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता शेयर ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँ बराबारको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया