कोरोना विशेष

२४ घण्टामा १५८ जनामा कोरोना संक्रमण पुष्टि, ३४२ संक्रमणमुक्त


काठमाडौँ – पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार ६ हजार ६०४ पीसीआर र २ हजार ३१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १५८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ८७८ जना पुगेको मन्त्रालयले जनाएको छ । कुल ३ सय ४२ जना संक्रमित निको हुँदा देशभर निको हुनेको संख्या ८ लाख २ हजार ३ सय ८९ पुगेको छ ।

संक्रमितमध्ये ६ हजार ९६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । कोरोनाकै कारण २ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५सय २३ पुगेको छ । हाल ९८ जना क्वारेन्टिनमा छन् भने १७१ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।