समाचार

झापामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २३ घाइते


काठमाडौँ — झापामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् ।
कन्काई नगरपालिका ८ स्थित पूर्व–पश्चिम राजमार्गको बिरिङ्ग पुलमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८०४१ नं को बस दुर्घटना भएको हो ।

बसको पत्ता भाँचिएर अनियन्त्रित भई पुलको उत्तर तर्फको रेलिङ्गमा ठक्कर खाएको झापा प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एक पुरुष छन् । उनको पहिचान खुलिनसकेको प्रहरीले जानकारी दिएको छ ।

अन्य ११ जनाको बीएण्डसी अस्पताल बिर्तामोडमा र १२ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।