राजनीति

सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद कुनैपनि हालतमा नछाड्ने, ओलीलाई थप दबाब


काठमाडौँ – एमाले नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाड्ने सन्देश पार्टी अध्यक्ष केपी ओलीलाई पठाउनुभएको छ । सर्वसम्मत पदाधिकारी टुंग्याउने गृहकार्यमा रहनुभएका ओलीले महासचिव ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउने संकेत पाएपछि नेम्वाङले यस्तो सन्देश पठाउनुभएको हो ।

नेम्वाङलाई १०बुँदे सहमतिकर्ता नेताहरूको पनि साथ छ । उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका घनश्याम भुसालले पनि नेम्वाङलाई सघाउने बताउनुभएको छ ।

आन्तरिक विवादकै कारण एमाले महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन ।