काठमाडौँ – विश्वमा कोभिड १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण बढ्न थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति (सीसीएमसी)को बैठक बस्न लागको छ । ओमिक्रोनको जोखिम बढेपछि उच्च सतर्कता अपनाइ त्यसको रोकथामका लागि पूर्वतयारी गर्न सीसीएमसीको बैठक बस्न लागेको हो ।
हप्तामा एक दिन बस्ने बैठकमा ओमिक्रोनबाबट कसरी बच्ने भन्ने बारे छलफल हुने सीसीमसीसीको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । उनका अनुसार सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे पनिछलफल हुनेछ । नेपालमा नयाँ भेरियन्ट आउन सक्ने सम्भावना रहेकाले उच्च सर्तकता अपनाउनुपर्ने विज्ञहरुले बताउँदै आएका छन् ।
दक्षिण अफ्रिकामा देखिएको यो भेरियन्ट चाँडै नै सक्रमण हुने र झनै खतरनाक हुने विज्ञहरुले बताउँदै आएका छन् । स्वास्थ्य मन्त्रालयले दक्षिण अफ्रिका हुँदै नेपाल आउनेलाई अनिवार्य रुपमा क्वरेण्टीन बस्न आग्रह गरेको छ ।
प्रतिक्रिया