राजनीति

रावलको पर्चा बाँड्नेलाई स्वयंसेवकले बाहिर निकाले


काठमाडौँ – नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका भीम रावलको पर्चा बाड्ने कार्यकर्तालाई एमाले स्वयंसेवकले बाहिर निकालेका छन् । महाधिवेशनको बन्दसत्रमा प्रवेश गर्ने केही प्रतिनिधिहरूलाई रावलको पर्चा वितरण गर्दै मूल गेटसम्मै पुगेका उनीहरुलाई स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर निकालेका हुन् ।

एमालेले यसअघि नै कुनै पनि समयमा पर्चा बाड्न नपाउने निर्णय गरेको थियो । पर्चा हातमा लिइसकेका प्रतिनिधिहरूलाई पनि स्वयंसेवकहरुले बाहिर ननिकाल्न र खल्ती वा झोलामा राख्न आग्रह गर्दै हलभित्र छिराएका छन् । ‘मेरो उम्मेदवारी किन’ लेखिएको भीम रावलको पर्चामा रावलले अध्यक्षमा उम्मेदवारी दिनुपर्नाका कारणबारे उल्लेख छ ।