खेलकुद

निर्णायक खेलमा आज नेपाल र युएई भिड्दै


काठमाडौँ – आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आयोजक युएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र युएईबीचको खेल बिहान सवा ११ बजे दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा सुरु हुनेछ । नेपालको लागि युएईविरुद्धको खेल गर या मरको अवस्था हुनेछ ।

छनोटमा स्थान बनाउन नेपालले युएईविरुद्ध जित शानदार जित हात पार्नुपर्ने छ । प्रतियोगिता अन्तर्गत ६ टिम सहभागी छन् । एउटा टिमले मात्र छनोटमा स्थान सुरक्षित गर्ने छ । लगातार चार खेल जित्दै युएई ८ अंकसहित शीर्ष स्थानमा रहेको छ । नेपाल र हङकङले चारमध्ये तीन–तीन खेल जित्दै समान ६–६ अंक जोडेका छन् । नेट रनरेटमा नेपाल अगाडि रहेको छ ।