राजनीति

उच्च पहाड र हिमाली भू–भागमा हिमपातको सम्भावना


काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार चारवटा प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाड तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पहाडी भू–भागहरुमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

आजराति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।