राजनीति

अब माओवादी एक नम्बरको हुन्छ : मन्त्री भुसाल


काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अब पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टी एक नम्बरको बन्ने विश्वास व्यक्त गरेकी छन् । उनले माओवादी विचारमा रहेका सम्पूर्ण जनता तथा पार्टीहरू एकताबद्ध भएर अगाडि बढेकाले आफूहरूको पार्टी एक नम्बरको हुने बताएकी हुन् ।

माओवादी केन्द्र ललितपुर जिल्लाका ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाको अधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै मन्त्री भुसालले भनिन्, “माओवादी एकताबद्ध भएको छ, परिवर्तनको नेतृत्व गर्ने माओवादी नै हो भन्ने प्रमाणित भएकाले अब माओवादी एक नम्बरको पार्टी हुन्छ ।”