राजनीति

षड्यन्त्रका कारण एमाले प्रतिपक्षमा : केपी ओली


काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताउँनुभएको छ । आज १०औँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्य संयन्त्रको अनुचित दुरुपयोग भइरहेको भन्दै उहाँले स्वतन्त्र न्यायालयको दुरुपयोग भएको बताउँनुभयो ।

शक्ति पृथकीकरणको सिद्धान्त खलबलिँदै गएको भन्दै यो क्रम अघि बढे लोकतन्त्रका लागि खतरा हुने उहाँले बताउँनुभयो । यही कारण पनि देशमा यतिबेला गम्भीर चुनौती खडा भएको जिकिर गर्नुभयो । ओलीले १०औँ महाधिवेशनबाट राजनीतिमो पथभ्रष्ट, अराजकतालाई सच्याउने गरी नयाँ नेतृत्व आउने समेत दाबी गर्नुभयो ।।