राजनीति

अध्यक्ष पदका लागि मत माग्दै भीम रावल


काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदका लागि मत माग्न थालेका छन् । उनले चितवनमा जारी एमालेको १०औं महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्न सुरु गरेका हुन् ।

अहिले चितवनको सौराहामा एमाले महाधिवेशनको बन्दसत्र जारी छ। बन्दसत्रमा प्रवेश गर्नुअघि रावलले प्रतिनिधिहरुसँग मत मागेका थिए। अहिले भने रावल बन्दसत्रमा सहभागी छन्।

महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयत्न अध्यक्ष केपी शर्मा ओलीले जारी राखेकै बेला रावलले भने मत माग्न सुरु गरेका हुन्।