काठमाडौँ – दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखिएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई ‘चिन्ताजनक भेरिएन्ट’ भन्दै यसको नाम ‘ओमिक्रोन’ राखेको जनाएको हो ।
हालसम्म ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिकासहित बेल्जियम, इजरायल, बोत्स्वाना र हङकङमा फेला परिसकेको छ । नयाँ भेरिएन्टको समाचार बाहिरिएसँगै युरोपेली युनियन र बेलायतलगायतकाले दक्षिण अफ्रिकी मुलुकबाट हुने यात्रामा प्रतिबन्ध लगाएका छन् ।
प्रतिक्रिया