राजनीति

माओवादीको सात सय ५३ पालिका सम्मेलनको उद्घाटन, एमालेको महाधिवेशनलाई कुम्भमेलाको संज्ञा


काठमाडौँ – माओवादी केन्द्रको सात सय ५३ पालिका सम्मेलनको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको छ । दाहालले सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै माओवादी केन्द्रलाई क्रान्तिकारी स्पिरिटमा पुनः उठाउने बताउँनुभयो ।

प्रचण्डले नेकपा विघटन हुनुको मुख्य कारण तत्कालीन अध्यक्ष केपी ओली रहेको आरोप लगाउँनुभयो । मार्क्र्सवाद र कम्युनिस्ट विचारमा जताततै पराजित भएपछि ओलीले नेकपा विघटन गर्न लगाएको समेत आरोप लगाउँनुभयो ।

प्रतिनिधिसभालाई दुई दुईपटक विघटन गरेर संविधान नै खारेज गर्ने षड्यन्त्रमा ओली फसेको दाहालले दाबी समेत गर्नुभयो । उहाँले ओली देशी विदेशी षड्यन्त्रमा फसेको र प्रतिगमनमा लागेको पनि जिकिर गर्नुभयो । दाहालले एमालेको १०औँ महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिनुभएको छ ।