राजनीति

भीम रावल अध्यक्ष पदका लागि अडिग, सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने ओलीको प्रस्ताव


काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गर्नुभएको छ । रावलले उपाध्यक्ष पद नछाडेपछि ओलीले छलफल गर्नुभएको थियो ।
ओलीले छलफलमा रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन सकिने प्रस्ताव राखेको नेकपा एमालेका एक पदाधिकारीले बताएका छन् । दशौं महाधिवेशनमा रावलले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।