राजनीति

सर्वसम्मत नेतृत्व चयन गर्न माग गर्दै सौराहामा युवा नेताको प्रदर्शन


काठमाडौँ — नेकपा एमालेको चितवनमा जारी १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । बन्दसत्र सुरु हुनुअघि सर्वसम्मत नेतृत्व चयनको माग गर्दै एमालेका युवा–विद्यार्थी नेताले सौराहास्थित होटल सेभेनस्टरअघि प्रदर्शन थालेका छन् ।

सर्वसम्मत नेतृत्व नयनको प्रयासस्वरुप शुक्रबार राति बसेको एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसँगै केन्द्रीय कमिटी संख्या बढाउने निर्णय गरेको छ । तर केन्द्रीय कमिटी बढाएसँगै आकांक्षी पनि बढेकाले सर्वसम्मत नेतृत्व चयन सकसपूर्ण हुने देखिएको छ ।

अहिलेसम्म अध्यक्षमा भीम रावलले उम्मेदवारी दिने बताइरहेका छन् । त्यस्तै उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्यहरुमा पनि निर्धारिक कोटाभन्दा धेरै आकांक्षी छन् । बन्दसत्रमा आजैदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।