राजनीति

एमाले महाधिवेशन : आज बन्दसत्र , साँझसम्म उम्मेदवार टुंग्याएर भोलि मतदान


काठमाडौँ — नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरु हुँदैछ । उद्घाटन सत्र चितवनको नारायणी किनारमा हिजो सम्पन्न भएको थियो ।

बन्द सत्रको कार्यक्रम चितवनको सौराहामा बिहान साढे आठ बजेदेखि सुरु हुने छ । बन्दसत्रमा विधान संशोधनको विषयमा पनि छलफल हुने छ । हिजो मात्रै केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रिय पदाधिकारी र सदस्य संख्या थप्ने निर्णय गएको छ । यसलाई बन्दसत्रमा पेश गरिनेछ ।

यस्तै, आज नै बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ता, दाबी विरोध र फिर्ताको समय रहेको निर्वाचन समितिले बनाएको छ । आजै बेलुका साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । भोलि मतदान गर्ने कार्यक्रम तय भएको छ ।