राजनीति

केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाउने एमालेको निर्णय


काठमाडौँ — नेकपा एमालेले केन्द्रिय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाउने भएको छ । सौराहामा आयोजित पार्टीको अन्तिम केन्द्रिय कमिटी वैठकले सो निर्णय गरेको हो ।

एमालेले ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने निर्णयसमेत गरेको छ । ४५ सदस्यीय स्थायी समिति यथावत रहने भएको छ । एमालेका आयोग २५ सदस्यीय हुने भएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावअनुसार पदाधिकारी संख्यासमेत थप गरिएको छ । जसअनुसार उपाध्यक्ष ६ जना र उपमहासचिव तीन जना रहनेछन् । कुल पदाधिकारी संख्या १९ पुगेको छ । यस्तै सचिवालय १९ सदस्यीय हुने भएको छ । हाल पदाधिकारीमध्यबाट ५ जनाको सचिवालय बनाउने व्यवस्था रहेको थियो ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भन्दै राखेको प्रस्तावलाई केन्द्रिय समिति वैठकले सर्वसम्मतिले पारित गरेको हो । केन्द्रिय समितिले गरेको निर्णयअनुसार भोलीको बन्द सत्रमा विधान संसोधन प्रस्ताव पेश गरिने पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए ।