राजनीति

आज माओवादीको पालिकाको सम्मेलन, प्रचण्डले भर्चुअल उद्घाटन गर्ने


काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले आज शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले १०औं महाधिवेशनको उद्घाटन नै गरिसकेको र सत्तासीन नेपाली कांग्रेस जिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले वडा अधिवेशन सम्पन्न गरी पालिका सम्मेलन थालेको हो ।

माओवादी केन्द्रले तत्कालीन नेकपा विभाजनपछि पहिलो पटक राष्ट्रिय सम्मेलन गर्न लागेको हो । आज शनिबार ७५३ वटा स्थानीय तहमा को अधिवेशन गर्ने भएको छ। त्यसबाहेक सम्पर्क समन्वय समिति र विशेष समितिको पालिकास्तरीय सम्मेलन पनि हुँदैछ ।

पालिका सम्मेलनको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराह्न १ बजे भर्चुअल’ सम्बोधन गर्ने छन् । प्रदेश सम्मेलन २५ मंसिरमा हुनेछ । माओवादीले ११/१३ पुसमा राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ ।