राजनीति

काँग्रेसको जिल्ला अधिवेशन : आफ्नो गुट जिताउन केन्द्रीय नेताको दौडधुप (भिडियोसहित)


काठमाडौँ — नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा आजबाट जिल्ला अधिवेशन सुरु भएको छ । उपत्यका सहित केहि जिल्लामा भने अधिवेशन केहि दिन पछि धकेलिएको छ ।अन्य अधिवेशन सरह जिल्ला अधिवेशनमा आफ्नो पक्षलाई विजयी गराउन केन्द्रिय नेताहरुसक्रिय छन् ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि शुक्रबारबाट दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा जिल्ला अधिवेशन सुरु भएको छ । गुटगत मतभेद र विवादका कारण महाधिवेशन नै हुने नहुने संकटकाबीच जसोतसो अधिवेशनहरु भइरहेको छ । जारी अधिवेशन गुटगत प्रतिस्पर्धाका कारण केहि कठिन,रोचक र अन्यौल्तापूर्ण परिस्थितिकैबीच जिल्ला अधिवेशनसम्मको यात्रा तय गरिसकेको छ । स्थानीय तहदेखि नै संस्थापन पक्ष र संस्थापनइतर पक्ष जीत आफ्नो पोल्टामा पार्न सक्रिय छन ।सबै भन्दा धेरै निर्वाचन क्षेत्र र धेरै क्रियाशील सदस्यता रहेको काठमाडौ र उपत्यकाको अधिवेशन महत्वपूर्ण मानिन्छ ।

कांग्रेस काठमाडौँ जिल्ला सभापतिमा संस्थापन पक्ष अन्तर्गत सभापति शेरबहादुर देउवा पक्ष र कृष्णप्रसाद सिटौला पक्ष समिकरण सहित उपेन्द्र कार्कीलाई सहयोग गरिरहेका छन । विगतमा जिल्ला सभापतिको जिम्मेवारी सम्हाली सकेका केन्द्रिय नेता भीमसेनदास प्रधान कार्कीलाई जिताउन लागि परेका छन । वाग्मती प्रदेशसभापति दावी गरिरहेका भीमसेनदास प्रधान आफु बलियो बन्नकै लागि पनिसक्रियता बढेको छ ।

आफ्नो विपक्षीलाई खुल्याएरै भए पनि जीत आफ्नो पक्षमा पार्न नेताहरु केन्द्रिय नेताहरुसँग हारगुहार गरिरहेका छन । गुटगत राजनीतिको अन्त्य गर्दै पार्टी संगठनको उज्जवल भविष्यका लागि उम्मेदवारी घोषणा गरेको दावी गर्दै आएका छन ।

हालकाजिल्ला सभापति सबुजकृष्ण बानियालाई पुन जिल्ला सभापति बनाउने दौडधूपमा पनि प्रकाशमान सिंह लगायतका केन्द्रिय नेताहरु नै सक्रिय छन । तर उनी यो कुरा स्वीकार गर्न तयार छैनन् । केन्द्रिय नेताले यसरी नेतृत्व चयनमा हस्तक्षेप उचित नभएको उनको तर्क छ ।पार्टीभित्रको नेतृत्व चयन व्यतिmको दक्षता क्षमता र पार्टी संगठनप्रति उसको योगदानलाई हेरेर नेतृत्व चयन गर्नुपर्ने उनको भनाई छ ।

काठमाडौँ जिल्ला एक उदाहरण मात्र हो । सबै तहमा कांग्रेसको चुनावी माहोल यस्तै छ । यसरी नै अगाढि बढिरहेको छ । नेताहरु आफ्नो पार्टी बलियो बनाउने भन्दा पनि कसरी आफ्नो गुट बलियो बनाउने प्रमुख प्राथमिकता उनीहरुको छ । केन्द्रिय नेताहरु आफ्नो साख जोगाउनका खातिर र पदका लागि सहज वातावरण निर्माण गराउनकै लागि भए गुटगत विजयका लागि सक्रिय छन ।आगामी मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।

पूर्व निर्धारित कार्यतालिका अनुसार मंसिर १६ र १७ गते ७ प्रदेशको अधिवेशन गर्ने कार्यतालिका छ । त्योभन्दा अगावै जिल्लाहरूको अधिवेशन सम्पन्न भइसक्नुपर्नेछ । अधिवेशन तालिका अनुसार बाँकी ४१ जिल्लामा शुक्रबारदेखि अधिवेशन सुरू हुनेपर्ने भए पनि उपत्यकाको काठमाडौ,ललितपुर र भतmपुर सहित अन्य जिल्लामा भने आन्तरिक तयारी नपुगेकाका कारण अधिवेशन मिति केहि दिनपछि धकेलिएको छ ।