कोरोना विशेष

के चैत मसान्तसम्म सबै नागरिकले पाउलान त कोरोना विरुद्धको खोप ? (भिडियोसहित)


काठमाडौँ — कोरोना संक्रमणबाट बच्ने मुख्य उपाय नै खोपलाई मानिएको छ । सरकारले खोप अभियानलाई निरन्तरता दिईरहेकोे छ । यता प्रधानमन्त्री शेरबहादुर देउवाको जनतालाई योजना अनुसार खोप उपलब्ध गरेको दाबी छ । के चैतमसान्त सम्म सबैले पाउलान त खोप ?

नेपालमा गत माघदेखि कोरोनाविरुद्धको खोप सुरू गरिएको थियो । हालसम्म आइपुग्दा झन्डै दुई करोड खोप उपलब्ध भएको छ । जसमध्ये कूल जनसंख्याको ३० प्रतिशत जनसख्यालाई पहिलो मात्रा र २६ प्रतिशत जनसंख्यालाई दोस्रो मात्राको खोप प्रदान गरिएको छ भने कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन, अस्ट्रेजेनिकाको खोप दिइरहेको छ । सरकारले उच्च जोखिमका स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्ति र उमेर अनुसार ५० वर्षभन्दा माथिकालाई खोप दिइएको छ ।

अब १८ वर्षभन्दा माथिका कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालिसकेको छ । यस्तै खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गई खोप लगाउन सरकारले आह्वान पनि गरेको छ । अहिलेसम्म सरकारले आगामी पुस मसान्तभित्र दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ ।

यता प्रधानमन्त्री देउवाले पनि कोभिड १९ ले आक्रान्त भएको बेला सबै जनतालाई कोरोनाबिरुद्धको खोप पु¥याउनु आफ्नो पहिलो लक्ष्य भएको र त्यसैअनुसार लक्ष्य हासिल गरिरहेको बताए ।

खोप आइसकेपछि त्यसलाई सरल तथा गुणस्तर हिसाबले दिनुपर्ने हुन्छ । अझै पनि प्रशस्त मात्रामा खोप केन्द्र राख्न नसक्दा जहाँजहाँ खोप केन्द्र छन् त्यही भीडभाड भएका छन्। जसका कारण संक्रमण त्यहीबाट फैलन थप मद्दत पुगेको छ । त्यसैले अझै पनि संक्रमण नियन्त्रणमा नआईसकेको हुदाँ सर्तकता अपनाउन आवश्यक छ ।