राजनीति

कानून व्यवसायीलाई प्रधानमन्त्रीको जवाफ : केही दिनमा नै निकास दिन्छु


काठमाडौँ – नेपाल बार एशोसिएशनका पदाधिकारी र आन्दोलित कानून व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा बारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

छलफलपछि नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिलेको अदालतको समस्या समाधान भनेकै प्रधानन्यायाधीशको राजिनामा भएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीसँग प्रधानन्यायाधीशको राजीनामाको माग गरेको र प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनसँग छलफल गरेर केही दिन भित्रै समस्याको समाधान गर्ने जानकारी गराउनु भएको बताउनु भयो ।

प्रधानमन्त्रीसँगको छलफलमा सहभागि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले वकील र न्याायधीशको तर्फबाट प्रधानन्यायाधीशले विश्वास गुमाइसकेकाले राजिनामा दिन आवश्यक रहेको कुरा प्रधानमन्त्रीलाई बताएको संचारकर्मीहरुलाई बताउनु भयो । नेपाल बार एशोसिएशनले भने प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएको छ ।