राजनीति

महाधिवेशन चितवनमा,जाम राजधानीको नाकामा


काठमाडौँ – नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन चितवनमा चलिरहँदा राजधानीको सीमा नाकामा भने सवारीको चाप थेगि नसक्ने अवस्थामा पुगेको छ । सामान्य दिनमा पनि केही व्यस्त नै हुने थानकोट–नागढुंगा सडकखण्ड आज महाधिवेशनको उद्घाटन समारोहका दिन उक्त क्षेत्रमा भीड ह्वात्तै बढेको छ ।

महाधिवेशनमा जाने लगायत राजधानी छोड्नेको चापले गर्दा काठमाडौंबाट जाने सवारीसाधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले केही समय ‘होल्ड’ गरेको छ । महाशाखाका प्रवक्ता सन्जीव शर्मा दासका अनुसार केही समय सवारीको चाप बढेकोले ओहोरदोहोर गर्न गाह्रो भएको र होल्ड गरिएका सवारीसाधन अहिले छोडिसकेका छन् । उनका अनुसार अहिले सवारी जाम कम हुँदै गएको छ ।