देश

भारत–म्यानमार सीमामा भूकम्पको धक्का महसुस


काठमाडौँ – नेपालको छिमेकी मुलुक भारत–म्यानमार सीमा क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। उक्त क्षेत्रमा ६.१ रक्टर स्केलको भूकम्प मापन गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

भूकम्पको प्रभाव नेपालको पनि पूर्वी क्षेत्रलगायत बंगलादेशको चिटगाउ, कोलकतामा महसुस गरिएको छ। भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण नआएको बीबीसी हिन्दीले जनाएको छ।