राजनीति

महाधिवेशनकै कारण मालवाहक गाडी राजधानीमै रोकिए


काठमाडौँ – नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनका लागि ट्राफिक व्यवस्थापन गर्न भन्दै मालवाहक गाडीलाई काठमाडौँमै रोकिएको छ । काठमाडौँबाट नारायणगढ–मुग्लिन सडक खण्ड हुँदै चल्ने ठूला मालवाहक गाडीलाई आज रोक लगाइएको हो ।

कलङ्कीदेखि नागढुङ्गा सडक खण्डका केही ठाउँमा गाडी रोकिएका छन् । जसका कारण ठाउँठाउँमा मालवाहक गाडीको लामो लाइन छ । यस्तै, ललितपुरको धोबिघाटदेखि कलङ्कीसम्म नै पनि लामो लाइन छ । आज पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा पनि मालवाहक गाडी सञ्चालनमा रोक लगाइएको छ ।