काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिगमा आजबाट दोस्रो चरणका खेलहरु सुरु हुँदैछन् । आज दुई क्लबीच प्रतिष्पर्धा हुने छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ए डिभिजन लिगको नवप्रवेशी सातदोबाटो युथ क्लब र लिगको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको थ्री स्टार क्लब आमनेसामने हुँदैछन् ।
आफ्नो पहिलो खेलमा सातदोबाटो युथ क्लबले फ्रेन्डस् क्लबसँग गोलरहित बराबरी खेलेको थियो । त्यस्तै थ्री स्टारले यसअघिको खेलमा च्यासल युथ क्लबविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ३–० जित निकालेको थियो । त्यस्तै आजै हुने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लब पौने ५ बजे आमनेसामने हुँदैछन् । संकटा क्लबले आफ्नो पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो भने फ्रेन्ड्स क्लब हिमालयन शेर्पा क्लबसँग बराबरी खेलेको थियो ।
खेलकुद
प्रतिक्रिया