कोरोना विशेष

दक्षिण अफ्रिकामा नयाँ स्वरूपको कोरोना भाइरस भेटियो


काठमाडौँ – दक्षिण अफ्रिकामा धेरै म्युटेसन भएको नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको छ । सो भाइरसमा नयाँ विविधता पाइएको वैज्ञानिकले बताएका छन् ।

दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्री जो फाहल्लाले नयाँ स्वरूपको कोरोना भाइरस भेटिनु चिन्ताको विषय भएको बताएका छन् । यसैबीच बेलायतले कोरोना सङ्क्रमण धेरै भएका विभिन्न ६ वटा देशलाई रातो सूचीमा राखेको छ । दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्सवाना, लेसोथो र इस्वातिनीलाई प्रतिबन्ध लगाएको हो ।

अफ्रिका महादेश भरमा सबैभन्दा धेरै महामारीबाट प्रभावितको सङ्ख्या दक्षिण अफ्रिकामा छ । विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकाको अवस्थालाई मध्यनजर गर्दै त्यहाँका केही व्यक्तिहरुसँग बैठक बसेको छ ।