राजनीति

एमाले सचिवमा उम्मेदवारी दिने राईको घोषणा


काठमाडौँ — नेकपा एमालेका नेता शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नयाँ नेतृत्व चयनका लागि एमालेको १०औँ महाधिवेशन भोलि शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ । प्रदेश १ का पूर्व मुख्यमन्त्री समेत रहेका राईले सचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

विद्यार्थी राजनीतिबाट आएका उनी चार कार्यकाल जिल्ला अध्यक्ष भएका उनी नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका थिए । पोलिब्टुयरो सदस्य समेत रहेका उनी प्रदेश १ को मुख्यमन्त्री बनेका थिए । निरन्तर पार्टी एकताको पक्षमा उभिएको भन्दै उनले भने, ‘सबै हिसाबले मेरो उम्मेदवारी कथाले माग्छ ।’