राजनीति

शैक्षिक गुणस्तर सुधारका लागि अनेरास्ववियूले गरायो त्रिविको ध्यानाकर्षण


काठमाडौँ — अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि सिकाइ र व्यवस्थापकिय नीतिलाई परिमार्जन गर्दै लैजानुपर्ने बताएको छ ।

जसका लागि आज त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई ध्यानकर्षण पत्र बुझाउँदै अनेरास्ववियूले दक्ष प्राध्यापकहरुको विकासमा जोड दिएको हो । यस्तै अनेरास्ववियूले राजनीतिक आडमै करार शिक्षकलाई स्वत: नियुत्ति गर्ने परिपाटीको अन्त्य हुनुपर्ने ठहर गरेको छ । यदी करार नियुत्त भएका कुनै असक्षम शिक्षकलाई स्थायी गरिए त्यो मान्य नहुने पनि अनेरास्ववियुले चेतावनी दिएको छ ।

अनेरास्ववियूले प्रतिगामी योजनालाई पाखा लगाउँदै विश्वविद्यायलयको गरिमा उचो राख्नुपर्नेमा पनि जोड दिएको छ ।