राजनीति

अध्यक्षमा उम्मेदवारी दिनु बाध्यता : लिङ्देन


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले राप्रपा अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा बाध्यता भएको भन्दै पार्टीलाई बचाउनका लागि भए पनि यो कमद उठाएको बताएका हुन् ।

अध्यक्षको उम्मेदवारी घोषणा गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा लिङ्देनले भने, ‘यो बाध्यकारी कदम हो । कि त हामीले समाप्ति रोज्नुपर्ने थियो कि यो कदम उठाउनुपर्ने थियो ।’

राप्रपाले उठाउँदै आएको राजतन्त्र पुनःस्थापना र हिन्दुराष्ट्र स्थापनाको मुद्दाका लागि पनि आफूले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको लिङ्देनले बताए । लिङ्देनले आफूहरूले राप्रपामा विद्रोह र अध्यक्षत्रयविरुद्ध पनि नउभिएको बताए ।

धवलशम्शेर राणाले पनि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरका छन् । कार्यक्रममा राणाले आफूहरु राजासहितको प्रजातन्त्रको पक्षमा रहेको र हिन्दु राष्ट्रको चाहना गरिएको बताए ।