विदेश

स्वीडेनमा पहिलो महिला प्रधानमन्त्रीद्वारा नियुक्त भएको केही घन्टामै राजीनामा


काठमाडौँ – स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले आफू नियुक्त भएको केही घन्टामै राजीनामा दिएकी छिन् । म्याग्डलेना यान्डरसन प्रधानमन्त्री भएको घोषणा बुधवार गरिएको थियो । तर, उनको गठबन्धन सरकारको साझेदार दलले समर्थन फिर्ता लिएपछि राजीनामा दिएकी हुन् ।
उनको गठबन्धन साझेदार रहेको ग्रीन्स पार्टीले आफूले उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको बजेट स्वीकार गर्न नसकेको जनाएको छ । यान्डरसनले आफूले अब एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्री हुन कोशिश गर्ने बताइन् । वैधानिकतामाथि प्रश्न उठ्ने सरकारको नेतृत्व गर्न नचाहेको उनले बताएकी छिन् । स्वीडेनको कानुन अनुसार प्रधानमन्त्री हुनका लागि विपक्षमा बहुमत सदस्यले मत नदिए पुग्छ ।