राजनीति

प्रचण्ड र माधव भ्रममा नपर्नु, काँग्रेस एक्लै चुनाव लड्छ : गगन थापा


काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले आगामी चुनावमा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रने पुष्टि गरेका छन् । गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसले चुनावमा कुनै पनि पार्टीसँग मिलेर निर्वाचनमा जान सम्भव नरहेको बताएका हुन् ।

नेता थापाले हाल गठबन्ध सरकारमा सामेल दुई कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भ्रममा नपर्न पनि सुझाव दिएका छन् । उनले बुधबार राति योहो टेलिभिजनबाट प्रशारण हुने अन्तर्वार्ता कार्यक्रम सत्य संवादमा बोल्दै चुनावमा कांग्रेस कुनै पनि पार्टीसँग गठबन्धन नगरी कांग्रेसले चुनाव लड्ने बताएका हुन् । कम्युनिष्ट अध्यक्षद्वय प्रचण्ड र नेपालले भने चुनावसम्म नै गठबन्धन गर्ने बताउँदै आइरहेका छन् ।