देश

सभामुख सापकोटा स्पेन प्रस्थान


काठामाडौँ – अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३औं सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गर्नुभएको छ । सभामुख सापकोटा नेतृत्वको टोलीमा प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी, राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगमप्रसाद वान्तवा राई रहनुभएको छ ।

प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगीलगायत पनि स्पेन जानुभएको छ । आईपीयू) र स्पेनको संसदको आयोजनामा मंसिर १० देखि १४ गतेसम्म स्पेनको म्याड्रिडमा १४३औं आईपीयू सम्मेलन हुँदै छ । सम्मेलनमा सभामुख सापकोटाले १२ गते बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामुखको टोली सम्मेलन सकेर मंसिर १६ गते स्वदेश फर्कने कार्यक्रम तय गरिएको छ ।