राजनीति

पेचिलो बनेको न्यायालयको समस्या समाधानका लागि सरकार तयार


काठमाडौँ – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयको समस्या समाधानका लागि सरकार तयार रहेको बताउनु भएको छ । बुधबार सुदूरपश्चिम प्रदेशको कैलाली पुग्नुभएका अध्यक्ष दाहलले सञ्चारकर्मीहरुको कुराकानीमा अदालतमा देखिएको समस्या राम्रो नभएको भन्दै एक स्तरमाथि बढेर समस्या समाधान गर्न तयार रहेको बताउनु भएको हो ।

प्रचण्डले न्यायालयको समस्यामा गठबन्धनका पाँच दलहरुको नै गम्भीर ध्यानाकर्षण भएको भन्दै दुई दिनको अवस्था हेरेर समस्या समाधान गर्ने बताउनु भयो ।

प्रचण्डले गठबन्धनलाई अब आउने चुनावसम्म लैजाने दाबी गर्दै अब राष्ट्रियसभामा खालि १९ सिटको चुनाव मिलेर लड्ने पनि बताउनु भयो । एक फरक प्रसंगमा राष्ट्रिय सहमतिमा एमसीसी पास गरिने बताउनु भयो ।