खेलकुद

विश्वकप एसिया छनोटका लागि नेपाल र कुवेत भिड्दै


काठमाडौँ – आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र कुवेतबीचको खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुने छ ।

ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपालले कुवेतविरुद्ध जित हात पार्नुपर्ने हुन्छ । त्यसैले नेपाल जित निकाल्ने योजनामा हुनेछ । सन् २०१९ मा नेपालले कुवेतलाई ३० रनले हराएको थियो । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो ।

कुवेत भने आफ्नो दुबै खेलमा पराजित भएको छ । छनोटमा ६ टोली सहभागी रहेका छन् । छनोटको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।