काठमाडौँ – स्टार खेलाडी रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गर्दै म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको समूह ‘ए’ को विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ । इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले पीएसजीमाथि २(१ गोलअन्तरले जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा पीएसजीले खेलमा अग्रता बनाएको थियो। पिएसजीका केलियन एमबाप्पेले खेलको ५० औँ मिनेटमा टोलीको लागि अग्रता लिएका थिए । तर रहिम स्टर्लिङले खेलको ६३ औँ मिनेटमा बराबरी गोल गरे भने ग्रावियल जेसुसले ७६ औँ मिनेटमा २–१ को अग्रता बनाए ।
यस समूहबाट सिटी समूह विजेताको रूपमा अन्तिम १६ मा स्थान बनाउँदा पिएसजी उपविजेताको रूपमा नक आउट चरणमा स्थान बनायो । स्पेनिस क्लब रियम मड्रिडबाट पेरिस झरेका सर्जियो रामोस सिटीविरुद्ध टोलीमा समावेश भएपनि डेब्यु भने गर्न पाएनन् । सिटीविरुद्ध पिएसजीले लियोनल मेस्सी, नेयमार र एमबाप्पेको जोडीलाई अग्रपंक्तिको जिम्मेवारी दिए पनि सफल भएनन् ।
समूह ‘ए’ को अर्को खेलमा आरबी लाइपजिगले क्लब ब्रुगलाई ५–० ले पराजित गर्यो । जितसँगै सिटीले ५ खेलमा १२ अंक जोड्दै शीर्षस्थान कब्जा गर्यो । पीएसजी समान खेलमा ८ अंकसहित दोस्रो स्थानमा छ । लाइपजित र ब्रुगको समान ४ अंक रहेको छ ।
प्रतिक्रिया